Madhes Khabar
स्थानिय

पर्सा जिल्ला अदालतमा प्रहरीमाथि हातपात गर्न खोज्ने वडाध्यक्ष कलवार पक्राउ

वीरगन्ज,११असारःपर्सा जिल्ला अदालत परिसरभित्रै प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर साह कलवार रहेका छन् ।

बुधबार पर्सा जिल्ला अदालत परिसरभित्रै अदालतको सुरक्षार्थ खटिएका प्रहरीसंग वादविवाद गर्दै हातसमेत हाल्न खोजेको आरोपमा वडाध्यक्ष कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अदालत परिसरमा प्रवेश गर्ने क्रममा प्रहरीले चेकजाँच गर्ने क्रममा वडाध्यक्ष कलवारले अनावश्यक वादविवाद गर्दै हातपात गर्ने प्रयास गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । कलवारलाई अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

पर्साको एक सरकारी विधालयमा आगजनी, लाखौंको क्षति

MadhesKhabar

वीरगन्ज २ मा महिलाहरुका लागि तालिम सन्चालन, उपमेयर आलमले गरे उद्घाटन

MadhesKhabar

महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा

MadhesKhabar

Leave a Comment