Madhes Khabar
स्थानिय

वीरगन्ज २ मा महिलाहरुका लागि तालिम सन्चालन, उपमेयर आलमले गरे उद्घाटन

वीरगन्ज,११ जेष्ठ : वीरगन्ज महानगरपालिका वडा नंवर २ मा महिलाहरुका लागि डल तथा कुशन(खेलाैना) बनाउने सम्बन्धि तालिम बिहीबारदेखि सन्चालन गरिएको छ।

वीरगन्ज महानगरपालिकाकाे आर्थिक सहयाेगमा ग्लाबेल फाउन्डेसन नेपालले आयाेजना गरेकाे तालिमकाे बिहबार वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै उपमेयर आलमले एक महिने मन लगाएर सीप सिक्न र तालिमपछि उक्त सिपकाे उपयाेग गरेर आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई सुझाव दिए ।

एक महिनासम्म चल्ने उक्त तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको छ।

ग्लोबल फाउन्डेसन नेपालका अध्यक्ष अवधेश प्रसाद साहकाे अध्यक्षता तथा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलमको प्रमुख अतिथ्यतामा भएको तालिमकाे उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नंबर २ का वडा अध्यक्ष महम्मद रेयाज मियाँ, वीरगन्ज महानगरपालिकाकाे सामजिक विकास महाशाखाका प्रमुख राजिव गिरी, वडा सदस्य वसिर मियाँ,संगीत थापा,रम्भा देबी,वडा सचिव आशिक शेख, संचारकर्मी अजित भुजेल लगायतको पनि उपस्थिति रहेको थियो।

Related posts

वीरगन्ज नाकामा प्रयोग विहिन रहेको होल्डीङ सेन्टर उपयोगमा ल्याउन सांसद र मेयरको सुझाव

MadhesKhabar

वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने

MadhesKhabar

स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र

MadhesKhabar

Leave a Comment