काठमाडौं,३असारःराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट(नतिजा) यहि असार तेस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।
नियमित तालिका अनुसार असारको पहिलो हप्तामै रिजल्ट सार्वजनिक हुनुपर्ने भएपनि गत २० चैतदेखि २९ दिनसम्म शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा रिजल्ट सार्वजनिकको मिति पनि पछि सरेको परीक्षा बोर्डले जनाएको छ।
एसईईको रिजल्ट असारको तेस्रो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए ।उनका अनुसार,अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । उत्तरपुस्तिकाको परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गरिने बताए ।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कूला ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

