Madhes Khabar
मधेस प्रदेश

जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

काठमाडौं,२९जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।  प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा  कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट बिहीबार पक्राउ गरेको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम स्वकीय सचिव विनोदकुमार लाल सचिव कायस्थमार्फत झिक्न लगाई कुशवाहाले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ ।

महोत्तरीको क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव कायस्थ समेत पक्राउ परेका थिए ।कुशवाहाको घरबाट अख्तियारका अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

Related posts

मधेस सरकारको नीति तथा कार्यक्रम स्वीकृत

MadhesKhabar

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक पाए विश्वासको मत

MadhesKhabar

सिरहा जिल्ला अदालत अगाडि पडकियो बम

MadhesKhabar

Leave a Comment