
जनकपुरधाम,६फाल्गुन: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत पाएका छन् ।
मधेस प्रदेश संसदमा आइतबार उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।आइतबार सदनमा उपस्थित १०४ प्रदेश सांसद मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।
गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आइतबार विश्वासको मत लिएका हुन् ।
मधेस प्रदेश सभामा १०७ प्रदेश सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।
यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र प्रदेश सांसद छन् ।

