
मधेसखबर
वीरगन्ज,२७असार : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले मधेसका विभिन्न १३ सुत्रीय माग राखेर बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।
लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंह नेतृत्वको टोलीले सोमबार बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाइ भेटेर ज्ञापनपत्र बुझाएको हो ।
लोसपाले नागरिकता सम्बन्धि विधेयक छिटटै पारित गर्न , मधेस आन्दोलनका बेला लगाइएका झुठा मुद्धा फिर्ता लिन , रेमश चौधरी सहितका राजबन्दी रिहा गर्न , मधेसी , दलित , अल्पसंख्यक लगायतको अधिकारका लाागि संविधान संशोधन गर्न , जनसंख्या अनुसार तीनै तहको सरकारमा बजेट विनियोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।
यस्तै महङगी नियन्त्रण गर्न , कोभिड महामारीमा खटिएको स्वास्थ्यकर्मीको सेवा सुविधा उपलब्ध गराउन पनि सरकारसंग माग गरिएको सर्राफले बताए । पार्टीको केन्द्रिय सर्कुलर अनुसार सोमबार बारा जिल्लाका प्रजिअ कटुवाल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाउन गएको टोलीमा जिल्लाका नेता कार्यकर्ताहरुकोे पनि सहभागीता रहेको सर्राफले जानकारी दिए ।


