Madhes Khabar
स्वास्थ्य

नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव

काठमाडौँ,२७ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् ।मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकहरुको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए ।

उनले भने, “नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकहरुको माग अत्यन्तै उच्च छ । सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।”

दिवंगत तीर्थरत्न बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्री यादवले स्व. बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने काम गरेकाे र उनको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे ।

 

कार्यक्रमका विशिष्ठ अतिथि एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्रप्रशाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार, र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

Related posts

बिन्दबासिनीमा बन्ध्याकरण गराएका महिलाहरुलाई कम्बल वितरण

MadhesKhabar

जनमत पार्टीको समाज सेवा : वीरगन्जको रामटोलमा निःशुल्क शिविरबाट २०० जना लाभान्वित

MadhesKhabar

महुवन स्वास्थ्य चौकीमा वीरगन्जको भन्दा सस्तो शुल्कमा एक्स–रे सेवा उपलब्ध

MadhesKhabar

Leave a Comment