Madhes Khabar
समाचार

काठमाडौंमा अब पानीका लागि ट्यांकरको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री यादव

काठमाडौं,२५ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्यांकरको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताएका छन् । आइतबार खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने बताए ।

उनले भने, “अब पानीका लागि ट्यांकरको भरमा बस्नुपर्ने दिन सकिएको छ । असार महिनामा पनि मेलम्चीको पानी बन्द हुनेछैन् । नियमित पानी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक सबै बिकल्प र पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।”

मन्त्री यादवले खानेपानी पहुँच सबै नागरिकको मौलिक अधिकार भएकाले यसलाई सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहेको बताए । साथै, उनले आगामी दिनमा काठमाडौँ मात्र नभई अन्य शहरी क्षेत्रमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

काडमाडौँ उपत्यकामा वर्खाको समयमा पनि मेलम्चीको पानी बन्द नगरी दैनिक पानी वितरण गर्ने योजना अनुसार काम सुरु गरिएको र अब उक्त काम करिब करिब अन्तिम चरणमा पुगेको जानकारी उनले गराए ।

मन्त्री यादवले नेपाल सरकारले खानेपानी तथा सरसफाइ नियमावली, २०८१ जारी गरिसकेको र आयोगले खानेपानी महसुल निर्धारण निर्देशिका, २०८१ पनि सार्वजनिक गरिसकेको अवस्थामा अब उपभोक्ता समितिहरूले सेवा प्रवाहसँगै महसुल निर्धारण सम्बन्धी प्रस्तावहरू खुला र पारदर्शी आधारमा तयार गरी आयोगमा प्रस्तुत गर्न सक्ने बताए ।

 

Related posts

प्रजातन्त्र दिवसमा वीरगन्ज कारागारबाट १० जना कैदी रिहा

MadhesKhabar

चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु

MadhesKhabar

भुकम्पको नेपालमा असर : बारामा ११ सहित देशभर १३ जना घाइते

MadhesKhabar

Leave a Comment