Madhes Khabar
राजनीति

जगरनाथपुरमा ८० जना महिलाहरु जनमत पार्टीमा प्रवेश

वीरगन्ज,२४जेठःपर्साको जगरनाथपुर गाउँपालिका वडा नमबर ६ माधोपुरमा ८० जना महिलाहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।शनिबार आयोजित कार्यक्रममा एउटै गााउका ८० जना मलिाहरु एकसाथ जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्ध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

नवप्रवेशी महिलाहरूले पार्टीको सदस्यता ग्रहण गर्दै सामाजिक रुपान्तरण र राजनीतिक सहभागितामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतापनि जनाएको उनले बताए ।

जनमत पार्टीकी जिल्ला सदस्य अनिता रामको पहलमा आयोजित कार्यक्रममै कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति गठन समेत गरिएको छ । उक्त समितिले स्थानीयस्तरमा पार्टीको सांगठानिक सुदृढीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको जनमत पार्टी पर्साका अध्यक्ष सर्राफले बताए ।

जनमत पार्टीले महिलाहरूको सहभागिता र नेतृत्व विकासमा जोड दिँदै आएको सन्दर्भमा शनिबारको पार्टी प्रवेशले पार्टीभित्र महिला सशक्तिकरणको अभियानलाई थप उर्जा दिने विश्वास गरिएको जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीले बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य राहुल रौनियार ,प्रदेश सदस्य बृजेस्वर चौधरी ,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता ,पालिका अध्यक्ष सुनिल मुखिया, युवा अध्यक्ष सन्जय सिह लगायतकाकोपनि उपस्थिति रहेको थियो।

Related posts

गठबन्धनमा सिट भागबन्डा :पर्सामा जसपालाई ३ , काँग्रेसलाइ १ सिट मात्र

MadhesKhabar

जसपा –एमालेका उम्मेदवारलाई इमान्दारिपूर्वक भोट दिन प्रदीप यादवको आग्रह

MadhesKhabar

रवीन्द्र मिश्र,धवलशमशेर,स्वागत नेपालसहित १७ जना राजावादी पक्राउ

MadhesKhabar

Leave a Comment