Madhes Khabar
खेलकुद

आईपीएलमा रोहित शर्माको कीर्तिमान : बनाए ७ हजार रन, पुरा गरे छक्काको तेहरो शतक

काठमाडौं,१७जेठः इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्स (जीटी)ले शुक्रबार मुम्बई इन्डियन्स (एमआई) सँग सामना गर्यो। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा मुम्बई इन्डियन्सका ओपनर रोहित शर्माले ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरे।

‘हिटम्यान’ भनेर चिनिने रोहितले ५० बलमा ८१ रन बनाए। जसमा ९ चौका र चार छक्का प्रहार गरे। रोहित प्रसिद कृष्णको बलिङमा राशिद खानले क्याच आउट भएका थिए।

यस खेलमा रोहितले २८ बलमा आफ्नो अर्धशतक पूरा गरे। यो उनको आईपीएल करियरको ४७ औं अर्धशतक थियो। यस इनिङ्सको क्रममा रोहितले आईपीएलमा आफ्नो ७००० रन पनि पूरा गरे। यति मात्र होइन रोहितले आईपीएलमा ३०० छक्का पनि पूरा गरे। रोहित आईपीएलमा ३०० छक्का प्रहार गर्ने क्यारेबियन लेजेन्ड क्रिस गेलपछि दोस्रो खेलाडी बनेका छन्। क्रिस गेलले आइपीएलमा ३५७ छक्का प्रहार गरेका छन्।

विराट कोहली आईपीएलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। कोहलीले अहिलेसम्म २६६ खेलमा ३९.५३ को औसतमा ८६१८ रन बनाएका छन्। यस अवधिमा कोहलीले ८ शतक र ६३ अर्धशतक बनाएका छन्।

Related posts

पर्साबाट पहिलाे पटक कबड्डीकाे राष्ट्रिय रेफ्री बन्न सफल : पटेल र तत्मा

MadhesKhabar

नेपालपनि सहभागी हुने एसिया कप क्रिकेटका लागि भारतीय टिमको घोषणा

MadhesKhabar

विश्वकप क्रिकेट: लिग चरणकाे ९ खेलमा ९ जीत हासिल गर्दै भारत सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment