Madhes Khabar
खेलकुद

पर्साबाट पहिलाे पटक कबड्डीकाे राष्ट्रिय रेफ्री बन्न सफल : पटेल र तत्मा

वीरगन्ज,२८भदाैं:पर्सा जिल्लाबाट पहिलाे पटक दुई जना कब्ड्डी खेलकाे राष्ट्रिय रेफ्री (निर्णायक) बन्न सफल भएका छन् ।

राष्ट्रिय स्तरको एड्भान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिम लिएसंगै पर्साका आकाश पटेल र रनु दास तत्माले कबड्डीको राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन् ।

काठमाडौंमा भदौ २१ देखि २७ गते सम्म सञ्चालित उक्त तालिम पटेल र तत्मासंगै देशभरका ७० जनाले लिएका हुन् ।

तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।तालिममा सहभागीलाई प्रो–कबड्डीका निर्णायक अजित कुमार, प्रशिक्षक श्रीनिवासन रेड्डी, ई प्रसाद राव,पार्वती राई, विषणणु भट्ट ,महासचिव झा लगायतले प्रशिक्षण दिएका थिए ।

 

Related posts

आफू निर्दोष भएको बताउँदै सन्दिपले भने : म सीपीएल छाडेर देश फर्कदै छु

MadhesKhabar

विश्वकप फुटबल : राेनाल्डाेकाे पाेर्चुगललाई हराउदै दक्षिण काेरिया नकआउट चरणमा

MadhesKhabar

जीतपुरसिमरा गोल्डकप फुटबलमा भरतपुरकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment