Madhes Khabar
मधेस प्रदेश

राैतहटमा वन अतिक्रमण हटाउने अभियान तिब्र

रौतहट,१४ जेठ:डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ। मंगलबार बृन्दावन नगरपालिका १ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।

बृन्दावन सव डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको कमाण्डमा डिभिजन वन कार्यालय , बृन्दावन सव डिभिजन वन कार्यालय बलरी र चेतनगर पोष्टका वन कर्मचारीहरुको संयूक्त वन गस्ति टोलीले भोटे टोलको ५ विभिन्न स्थानमा वन अतिक्रमण गरी १ बिगाह क्षेत्रफलमा लगाईएको अदुवा, वेसार, केरा र तरकारी खेति नष्ट गरिएकने र त्यही र स्थानमा बनाईएको  टहरा  समेत भत्काईएको प्रमुख साहले जानकारी दिए ।  वन अतिक्रमण गर्ने र गराउने व्यक्तिहरु उपर वन ऐन नियम वमोजिम कारबाहीको लागी अनुसन्धान जारी रहेको  प्रमुख साहले जानकारी दिए ।

यसअघि पनि वन कार्यालयले वनको खाली जमिनमा बृक्षारोपण गर्दै आएको छ भने  वन जोगाउन नियमित गस्ती समेत गरिरहेको प्रमुख साहले जानकारी दिए ।

Related posts

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

MadhesKhabar

बाराका प्रदेश सांसद साहद्धारा राजीनामा

MadhesKhabar

सप्तरीका मिटरब्याजी रामदेवलाई तत्काल पक्रन प्रधानमन्त्री देउवाको निर्देशन

MadhesKhabar

Leave a Comment