Madhes Khabar
राजनीति

लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

फाइल तस्बिर ।

काठमाडौं,१२जेठ: राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका छन्।

 

सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा अध्यक्ष लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताए।

 

भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनको भनाइ छ। अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यही अवस्था रहे वर्षौंसम्म पनि अनुभूति हुनेगरीको परिवर्तन महशुस गर्न नपाउने बताए।

उनले देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए। अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

Related posts

नयाँ बजेटमा पर्साका जिल्लाका लागि विशेष प्याकेज समावेश गर्न जनमत पार्टीको माग

MadhesKhabar

राजेशमान र इम्तियाजको संयुक्त चुनावी घोषणापत्र – विगतमा भ्रष्टाचार गरेकालाइ कार्वाही गर्ने , करको दर घटाउने

MadhesKhabar

बारामा जारी मतगणनामा जसपालाई उछिन्दै जनमत पार्टिको अग्रता

MadhesKhabar

Leave a Comment