Madhes Khabar
अन्तर्राष्ट्रिय

बिहारका पूर्वमुख्यमन्त्री लालू यादवले जेठा छोरा तेजप्रतापलाई पार्टी र परिवारबाटै निकालिदिए

काठमाडौं,११जेठःबिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल(राजद) नेता लालूप्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । लालू यादवले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले अबदेखि पार्टी र परिवारमा तेजप्रताप कुनै भूमिकामा नरहने बताएका छन् ।

’निजी जीवनमा नैतिक मूल्यलाई अवहेला गर्दा सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर तुल्याउँछ । ज्येष्ठ पुत्रको गतिविधि, लोक आचरण र गैरजिम्मेवारपूर्ण व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कारअनुसार छैन ,’ लालूले भनेका छन् । पार्टीबाट मात्र नभई परिवारबाटै अलग गरेको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ’उपरोक्त परिस्थितिका कारण उसलाई पार्टी र परिवारबाट अलग गर्छु । अबदेखि पार्टी र परिवारमा उसको कुनै भूमिका रहने छैन । उसलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिन्छ ।’
निजी जीवनमा के सही र के बेठिक हो भन्ने कुरा ठम्याउन तेजप्रताप स्वयं सक्षम रहेको पनि लालूको भनाइ छ । यसअघि सामाजिक सञ्जालमा तेजप्रतापको पोस्टलाई लिएर विपक्षी दलहरूले राजदमाथि चर्को आलोचना गरेका थिए ।

तेजप्रतापले भने आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको दाबी गर्दै आएका छन् । उनको फेसबुक टाइमलाइनमा अनुष्का यादव नाम गरेकी महिलासँग लामो समयदेखि सम्बन्धमा रहेको दाबीसहित पोस्ट गरिएको गियो । अहिले भने उक्त पोस्ट डिलिट भइसकेको छ । बिहारका पूर्वमन्त्रीसमेत रहेका ३७ वर्षीय तेजप्रतापले सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर श्रीमान् र घरपरिवारबाट राम्रो व्यवहार नभएको भन्दै ऐश्वर्याले घर छाडेकी थिइन् ।

लालूका अर्का छोरा तेजस्वी भने राजदका अध्यक्ष हुन् । उनी बिहारका पूर्वउपमुख्यमन्त्री र अहिले बिहार विधानसभामा नेता प्रतिपक्ष हुन् ।साभारः कान्तिपुर

Related posts

दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ

MadhesKhabar

भारतले सञ्चालनमा ल्यायो जम्मु–कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

MadhesKhabar

बेहुला आउन ढिला गरेपछि बेहुलीले भिनाजुसंग गरिन् बिहे

MadhesKhabar

Leave a Comment