Madhes Khabar
कृषि हेडलाइन

सिम्रौनगढमा हावाहुरी र असिनापानीले नष्ट पारेको बालीको क्षतिपुर्ती नपाएपछि किसानहरु आन्दोलित

वीरगन्ज,११जेठः बाराको सिम्रौनगढ नगरपालिकामा एक महिनापहिले आएको हावाहुरी र असिनापानीले नष्ट भएकोकृषि बालीको क्षतिपुर्तिको माग गर्दै पिडित किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

कृषि बालीमा भएको क्षतिको क्षतिपुर्ति दिन स्थानीय सरकारले चासो नदिएपछि पिडित किसानहरु आइतबारदेखि आन्दोलित भएका हुन् ।पिडित किसानहरुले आइतबार सिम्रौनगगढ नगरपालिकाका कार्यालयको दुवै प्रवेशद्वारमा तालाबन्दी गरेर धर्नामा बसेका छन् । तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेपपनि गरेको थियो ।

किसान संघर्ष समितिका सदस्य एंव पिडित किसान राम प्रवेश कुशवाहाले क्षतिपुर्तिका लागि नगरपालिकाको कार्यालयमा पटक पटक धाउँदापनि कुनै सुनुवाई नभएपछि बाध्य भएर पिडित किसानहरु आन्दोलनमा उत्रिएको बताए ।

गत बैशाख १४ गते बेलुकी आएको हावाहुरी र असिनापानीले वडा नम्बर १, २, ३, ६ र ७ मा करिब ९४ बिघा खेतमा लगाइएको तरकारी बाली, मकै, धान लगायतका बाली नष्ट भएको थियो ।जसबाट त्यसक्षेत्रका करिब ६ सय जना किसानहरु मर्कामा परेको संघर्ष समितिका सदस्य कुशवाहाले बताए ।

उनका अनुसार, हावाहुरी र असिनापानीले बालीमा नोक्सानी पुर्याएको भोलिपल्टै बाराका प्रमुख पिजल्ला अधिकारी बसन्त अधिकारीसहितको टोलीले किसानको खेतमा पुगेर क्षतिको अवलोकन गरेका थिए । उनकै आग्रहमा पिडित किसानहरुले हावाहुरी र असिनापानीले पुर्याएको क्षतिको विवरण संकलन गरेर क्षतिपुर्तिका लागि नगगरपालिकाको कार्यालयमा बुझाएका थिए ।

त्यसपछि मेयर किशोरी प्रसाद कलवारले पिडित किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउन कुनै चासो नदेखाएको र नगरपालिकामा पटक पटक पुगेका पिडित किसानहरुलाई बहाना बनाएर टर्दै आएको संघर्ष समितिका सदस्य कुशवाहाले बताए ।

आँफुहरुले हावाहुरी र असिनापानीले पुरर्याएको क्षतिको बालीको लागत खर्च मात्र माग गरेको कुशवाहाले बताए । उनले भने,‘ हामीले बाली लगाउँदा भएको खनजोत, बीउ,मल र सिंचाईमा लागेको खर्चमात्रै मागेका छौं । प्रति कठ्ठा ८ हजार रुपैयाँका दरले क्षतिपुर्ति चाहियो भनेका छौं । तैपनि स्थानीय सरकारले हाम्रो माग सुनेको छैन । अनि बाध्य भएर आज नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसेका हौं ।

नगरपालिकाले क्षतिपुर्ति उपलब्ध नगराएसम्म आँफुहरुको आन्दोलन जारी नै रहने उनले बताए । उनले भने,‘मेयर साब हाम्रो धर्नास्थलमा आउनु पर्यो । हाम्रो माग पुरा गर्ने लिखित प्रतिबद्धता पनि जनाउनु पर्यो । अनिमात्र हाम्रो आन्दोलन रोकिन्छ । नभए हाम्रो आन्दोलन जारी नै रहन्छ ।’

Related posts

संघीय सरकारबाट वीरगन्ज महानगरले पायाे १ अर्ब ३३ कराेड अनुदान

MadhesKhabar

ब्रिटिस सेनालाई गोर्खाली सेनाले हराएको पर्सागढीमा यसपालि पनि ‘विजय उत्सव’ मनाइने

MadhesKhabar

सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवानामा शतप्रतिशत छुट

MadhesKhabar

Leave a Comment