Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

संघीय सरकारबाट वीरगन्ज महानगरले पायाे १ अर्ब ३३ कराेड अनुदान

वीरगन्ज ,१६जेष्ठ :वीरगन्ज महानगरपालिकाले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । जसमध्ये ९० करोड १७ लाख रुपैयाँ सशर्त अनुदान, ३६ करोड २९ लाख समानीकरण अनुदान, २ करोड २५ लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ ।

विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७७ करोड ७८ लाख सशर्त अनुदान, समानीकरण अनुदान ३४ करोड ८६ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख रुपैयाँ पाएको छ ।

ललितपुर महानगरपालिकाले १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ६७ करोड ६ लाख सशर्त अनुदान, ३९ करोड ८१ लाख समानीकरण अनुदान, २ करोड ५० लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ ।

भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख विशेष अनुदान पाएको छ ।

काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड २१ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ४३ करोड ७६ लाख सशर्त अनुदान छ भने ७० करोड ५५ लाख समानीकरण अनुदान छ । काठमाडौंले विशेष र समपूरक अनुदान पाएको छैन ।

पोखरा महानगरपालिकाले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड छ । पोखराले विशेष अनुदान भने पाएको छैन ।

६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको हाे ।

Related posts

लामखुट्टेको प्रकोप बढेपछि वीरगन्ज महानगरमा विषादी छर्कने तयारी, तपाईको वडामा कहिले ?

MadhesKhabar

वीरगन्ज महानगरसंग समन्वय गर्दै अघि बढ्न तयार छौं : शिक्षक महासंघ

MadhesKhabar

हरिखेतान क्याम्पसकाे विवाद: भगवान यादवकाे पक्षमा उभिएर कांग्रेसले दियाे यस्तो चेतावनी…

MadhesKhabar

Leave a Comment