Madhes Khabar
शिक्षा

वीरगन्जका विद्यालयहरुमा भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

वीरगन्ज,९जेठःवीरगन्ज महानगरपालिका कार्यालय अन्तर्गत रहेको भोजपुरी प्रतीष्ठानले वीरगन्जका सामुदायिक विद्यालयका विधार्थीहरुलाई लक्षित ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ ।

शुक्रबार कन्या माविमा प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षता तथा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विधार्थीहरुलाई आ–आफ्नो भाषा, संस्कृती ,कला लगायतका विषयमा छलफल तथा जानकारी मुलक सन्देश दिईएको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज महानगरपालिकाले भाषा, कला , संस्कृतिको जगेर्नाका लागि हरसम्भव प्रयास गर्दै आएको बताए । उनले भाषा, कला र संस्कृतिका लागि सबै भन्दा पहिले विद्यालय स्तरदेखी नै सुधार ल्याउन आवश्यक रहेकोले प्रतीष्ठान मार्फत अभियान संचालन गरेको प्रति खुशी व्यक्त गरे ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्णले वीरगन्ज महानगरपालिका अन्तर्गत रहेको भोजपुरी प्रतिष्ठानले विगत केही महिनादेखी भाषा, कला संस्कृतीको जगेर्नाका लागि विधार्थीहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको गतिविधि प्रशंसनीय रहेको बताउँदै सबैले आफ्नो मातृभाषामा बोल्न , लेख्न , आफ्ना विचार अभिव्यक्त गर्न पाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानकी अध्यक्ष अनिता साहले आफ्नो मातृभाषा भोजपुरी , नेपाली ,उर्दु वा जुनसुक्कै भाषा भएपनि आफ्नो मातृभाषाको विकास गर्न विधार्थीहरुलाई आग्रह गरिन् । भोजपुरी प्रतीष्ठानले आयोजना गरेको यो अभियान निरन्तर सबै सामुदायिक विधालयका संचालन गर्ने प्रतिष्ठानकी अध्यक्ष अनिता साहले जानकारी दिईन् ।

प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेसमा भोजपुरी भाषा बढी मात्रामा बोलिने गरिएको र नेपाली लगायत अन्य भाषाभाषीहरुको पनि बसोबार रहेकोले सबैले आ आफ्नो मातृभाषालाई गौरवका साथ विकास गर्न तर्फ अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी कक्षा ९ का विद्यार्थीहरुसंग उनले भोजपुरी भाषाको परिचय,यसको अवस्था तथा यो भाषाको विकास गर्न के के गर्न आवश्यक छ भन्ने विषयमा छलफलपनि गरे ।प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकला र यस्को महत्वको बारेमा प्रकाश पारे ।

साहित्यकार तथा भोजपुरी प्रतीष्ठानका सदस्य आमोद गुप्ताले भोजपुरी गीत मार्फत भोजपुरी भाषाको विषयमा सन्देश दिए । उनले भोजपुरी घाषमा आफैले लेखेको कविता समेत वाचन गरे।

कार्यक्रममा प्रतिष्ठानका श्याम सरार्फले आफ्नो मातृभाषा बोल्न लाज मान्नुपर्ने कुरा केही नरहेकोले आफ्नो मातृभाषाको सकारात्मक पक्षलाई आत्मसात गर्दै त्यसलाई अगााडी बढाउन ,प्रचार प्रसार गर्न विधार्थीहरुसंग आग्रह गरे ।करिब ७० जना विद्यार्थीहरु सहभागी कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिईन् । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवालले सहजिकरण गरेका थिए ।

Related posts

वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

MadhesKhabar

देशभरका विधालयहरु ६ दिनका लागि बन्द

MadhesKhabar

हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment