Madhes Khabar
स्थानिय

वीरगन्ज-पथलैया रुटमा वातावरण मैत्री ईभी भ्यान सेवा सुरु

वीरगन्ज,५जेठ: वीरगन्ज-पथलैया रुटमा सोमबारदेखि सुविधा सम्पन्न एसी सहितको वातावरण मैत्री ईभी भ्यान सेवा सुरू भएको छ।

 

पुरानो नारायणी यातायात कम्पनी प्रालिले वीरगन्ज-पथलैया रुटमा एसी सहितको २१ वटा ईभी भ्यान सेवा सञ्चालनमा ल्याएको हाे।साेमबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उक्त सेवाकाे उदघाटन गरेका हुन् ।उनले वातावरण मैत्री ईभी भ्यान सेवा सुरु गरेकोमा पुरानो नारायणी यातायात कम्पनी प्रालिलाई धन्यवाद दिदै महानगरपालिकाबाट गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाए।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले बेरोजगारी रहेका चालकहरुलाई रोजगारीको अवसर प्रदान गर्ने बताए ।

हिरालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,नारायणी यातायात व्यवसायी संघका विनोद मानन्धर ,वीरगन्ज-पथलैया रुट ब्यवसायी समितिका संयोजक विरेन्द्र पटेल ,श्याम उप्रेती ,ट्राफिक प्रहरी निरिक्षक लोकराज भट्ट ,पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठ ,मधेस प्रदेश प्रमुख निशान्त लामिछाने अजित सिंह लगायतको उपस्थित रहेको नेपाल यातायात श्रमिक संघका केन्द्रिय सदस्य दिपक पटेलले जानकारी दिए।

Related posts

वीरगन्ज महानगरकाे फाेहाेर व्यवस्थापन र वृक्षाराेपण संयाेजनकाे जिम्मा खेतानलाई

MadhesKhabar

रानीघाट पुल नजिककाे सेफ्टी ट्यांकीसहितकाे सडक भासियाे

MadhesKhabar

पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

MadhesKhabar

Leave a Comment