Madhes Khabar
स्वास्थ्य

चिकित्सक संघ मधेस प्रदेशको अध्यक्षमा वीरगन्जका डा. नाैसाद हक र काेषाध्यक्षमा डा. दीपक चाैरसिया चयन

वीरगन्ज,३जेठ:राष्ट्रिय चिकित्सक संघ नेपालकाे मधेस प्रदेशकाे नयाँ कार्य समिति चयन भएको छ।जनकपुरमा शनिबार सम्पन्न संघको प्रथम प्रादेशिक अधिवेशनबाट अध्यक्ष डा.नौसाद हक सहित १६ सदस्यीय कार्यसमिति चयन भएको हाे।डा. हक वीरगन्जका हुन्।

कार्यसमितिको उपाध्यक्षमा डा.गंगारमा खर्ग र डा. कृष्णा महर्जन, सचिवमा डा.आशिक झा,उप-सचिवमा डा. अवधेश मण्डल र महिला उप-सचिवमा डा. रमिता यादव चयन भएकी छन् । त्यस्तै कोषाध्यक्षमा डा. दिपक चौरसीया चयन भएका छन् ।चाैरसिया पनि वीरगन्जकै हुन्।

सदस्यहरुमा डा.विशाल शर्मा, डा. अमरेस यादव, डा.फणिन्द्र अधिकारी, डा. विमल कुमार यादव, डा. केसर बहादुर साह, डा. राजेस नायक, डा. शैलेन्द्र साह, डा.राम प्रताप साह, डा. गंगा प्रसाद यादव, डा. मोस्तिकिम मन्सुर, डा. ओम प्रकास कुसवाहा, डा. सुरेन्द्र यादव, डा.वेद प्रसाद कुसवाहा, डा.उमेश कुमार कुसवाहा, डा. सुधिर यादव, डा. विरेन्द्र साह, डा. पंकज साह र डा. एराज खान चयन भएका छन् ।

Related posts

भारतमा कोरोना संक्रमण बढिरहेकाले पर्सा , बारामा सतर्कता अपनाउन आग्रह

MadhesKhabar

बयोधा अस्पतालको कार्यक्रममा ८६ जनाद्धारा रगत दान

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment