Madhes Khabar
मधेस प्रदेश

धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी परे

तस्बिर : अनलाइनखबर

जनकपुरधाम,२९बैशाखः बिहे भोजमा खाजा खाँदा धनुषामा एक सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित १ सय जना भन्दा बढी बिरामी भएका हुन् ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार आइतबार राति जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट मिथिला बिहारी नगरपालिका–८ ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।

खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि थाहा भएको प्रमुख यादवले जानकारी दिए ।४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन् ।

‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको स्याम्पल ल्याएका छौं । ल्याबमा परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,’ यादवले भने ।साभारः अनलाइनखबर

 

 

Related posts

बारामा लोसपाद्वारा १३ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

MadhesKhabar

नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन

MadhesKhabar

लहानमा बम पड्काएर ६ घर लुटियो, दुई जना गम्भीर घाइते

MadhesKhabar

Leave a Comment