Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमापनि भब्य रुपमा मनाइयो बुद्ध जयन्ति

वीरगन्ज,२९बैशाखःविश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २६४९ औं जन्मजयन्ति वीरगन्जमापनि मनाइएको छ ।बुद्ध जयन्तिको अवसरमा सोमबार बिहान वीरगन्जमा प्रभात फेरि निकाल्नुका साथै भिस्वा डाँडास्थित बौद्ध स्तूपमा पुगेर विश्व शान्तिको लागि प्राथनापनि गरिएको छ ।

वीरगन्ज बौद्ध समितिको आयोजना तथा वीरगन्ज जेसिज्, गौतम मावि, माउण्ट मकालु स्कूल लगायतका संघसंस्थाको सहभागितामा माईस्थान पार्क परिसरबाट निकालिएको प्रभात फेरि घण्टाघर,लिंकरोड,बसपार्क हुदैं भिस्वा डाँडास्थित बौद्ध स्तूपमा पुगेर समापन भएको थियो । त्यसपछि भिस्वा डाँडास्थित बौद्ध स्तूपमा विश्व शान्तिको लागि पूजापाठ गर्दै सामुहिक रुपमा प्रार्थनापनि गरिएको थियो । त्यसअवसरमा बुद्ध विहार तथा गुम्बामा लामागुरुहरूले पनि विशेष पूजा, मन्त्रपाठ तथा ध्यान कार्यक्रम गरेका थिए।

वीरगन्ज बौद्ध समितिका अध्यक्ष डा. दीपक शाक्यको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको सामुहिक प्रार्थना कार्यक्रममा वीरगन्ज जेसिज्का अध्यक्ष सरोज चौरसिया,वीरगन्ज बौद्ध समितिका सचिव सुन्दर श्रेष्ठका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुकोपनि सहभागिता थियो ।

बौद्ध जयन्तिकै अवसरमा सोमबार साँझ भिस्वा डाँडास्थित बौद्ध स्तूपमा वीरगन्ज जेसिजले दीप प्रज्वलन कार्यक्रम आयोजना गनर्ने वीरगन्ज जेसिजका अध्यक्ष सरोज चौरसियाले जानकारी दिए ।

 

 

Related posts

छठ पर्बको उपलक्ष्यमा वीरगन्जको घडीअर्वा छठघाटमा ५७ जनाले गरे रगतदान

MadhesKhabar

दिपावली र छठका लागि वीरगन्जमा माटाका भाँडा र दियोको व्यपार (फोटो फिचर)

MadhesKhabar

वीरगन्जमा धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन मेयर सिंहको अपिल

MadhesKhabar

Leave a Comment