Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन मेयर सिंहको अपिल

वीरगन्ज,७असोज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मको नाममा अराजकता मच्चाएर वीरगन्जको धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याइने बताएका छन् ।

आइतबार बिहानै सामाजिक सञ्जाल फेसबूकको आफनो पेजमा एउटा पोस्ट राख्दै मेयर सिंहले वीरगन्जमा सदियौंदेखि कायम धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्तिलाई पहिचान गरेर कानुनको दायरामा ल्याउने बताएका हुन् ।उनले यसको लागि सम्पूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजका अगुवालाई अगाडि आउन अपिलपनि गरेका छन् ।

“धर्मको नाममा अराजकता मचाउने वीरगन्जको सदभाव बिगार्न खोज्ने व्यक्तिलाई अब पहिचान गरि कानुनी दायरामा ल्याउन समपूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजलगायत सबै अब अगाडि आउनु परेको छ,” सिंहले फेसबुकमा लेखेका छन् ।

मेयर सिंहसँगै वीरगन्जको नागरिक समाजका अगुवाहरूले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ इन्टरनेशल स्कूलकी प्राचार्य डाक्टर सुष्मा तिवारी द्विवेदीले पनि धर्मको नाममा राजनीति गर्दै समाजलाई भड्काउने प्रयास गर्नेलाई चिन्न आग्रह गरेकी छन् । उनले धर्मभन्दा पनि ठूलो मानवता भएको भन्दै आ–आफ्नो धर्मको सम्मान तथा रक्षा गर्नुका साथै अर्काको अस्तित्वलाई पनि सम्मान गर्नुपर्ने बताएकी छन् ।

“हामी सबैसँगै बस्नु छ तब एक अर्कासँग घृणा किन ? मानवता भन्दा ठूलो धर्म कुनै, केहि हुँदैन, आ–आफ्नो धर्मको सम्मान तथा रक्षा गरौँ साथै एक अर्काको अस्तित्वलाई पनि सम्मानका साथ स्वीकार गरौँ । धर्मका नाममा राजनीति गर्ने र समाजलाई भड्काउने प्रयाश गर्नेलाई चिन्न सक्नु पर्छ । जय श्री राम,” फेसबुकमा उनले लेखिकी छन् ।

सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष रामकुमार सर्राफले पनि धार्मिक हिंसा भड्काएर वीरगन्जवासीबिचको एकतालाई खलबलाउन खोज्नेलाई पहिचान गरेर कानुनको दायरमा ल्याउनुपर्ने बताएका छन् । धर्मको नाममा राजनीति गर्दै युवाहरूलाई गुमराह गरेर समाजको भलो नहुने अध्यक्ष सर्राफको भनाई छ ।

सर्लाहीको मलंगवामा गत शुक्रबार राती भगवान गणेशको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबिच भएको झडपका क्रममा घाइते भएकाहरूलाई न्याय दिनुपर्ने मागसहित शनिबार वीरगन्ज बजार बन्द गरिएको थियो । बन्दका क्रममा वीरगन्जका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायका व्यक्तिले एक अर्का विरुद्ध नाराबाजी समेत गरेका थिए ।

 

 

Related posts

सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता

MadhesKhabar

नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन ४ महिनादेखि अलपत्र

MadhesKhabar

वीरगन्जमा एकै साथ देखियो डेंगु र स्क्रब टाइफस

MadhesKhabar

Leave a Comment