Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सबैै सामुदायिक विद्यालयमा यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न महानगरको निर्देशन

वीरगन्ज,२७ बैशाख :वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक विद्यालयहरुलाई यथाशिघ्र विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बैशाख २४ मा जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको हो । महानगरपाालिकाको ३२ वटै वडामा गरि ९० भन्दा बढी सामुदायिक विद्यालयहरु छन् ।

महानगरमा सञ्चालित कतिपय सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिमतिको पदावधि सकिएकोले शिक्षा ऐन बमोजिम विद्यालय व्यवस्थापन गठन सम्बन्धि प्रकृया यथाशिघ्र अगाडि बढाउन शैक्षिक प्रशासन महाशाखाले निर्देशन दिएको छ ।

अन्यथा विद्यालय व्यवस्थापन समिति नभएका कारणबाट विद्याालयको निकासा हुन रोकिएमा वा विद्यालयको कामकारवाही प्रभावितत भएमा त्यसको जिम्मेवार सम्बन्धित विद्यालय नै हुने चेतावननीसमेत महानगरपालिकाले दिएको छ ।

Related posts

मधेस सरकारले केन्द्र सरकारकाे भन्दा बढाएर ताेक्याे धानकाे समर्थन मूल्य

MadhesKhabar

मेयर सिंहकाे आश्वासनपछि धमाधम सरुवाकाे पत्र बुझ्दै शिक्षकहरु

MadhesKhabar

महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा

MadhesKhabar

Leave a Comment