Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सबैै सामुदायिक विद्यालयमा यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न महानगरको निर्देशन

वीरगन्ज,२७ बैशाख :वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक विद्यालयहरुलाई यथाशिघ्र विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बैशाख २४ मा जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको हो । महानगरपाालिकाको ३२ वटै वडामा गरि ९० भन्दा बढी सामुदायिक विद्यालयहरु छन् ।

महानगरमा सञ्चालित कतिपय सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिमतिको पदावधि सकिएकोले शिक्षा ऐन बमोजिम विद्यालय व्यवस्थापन गठन सम्बन्धि प्रकृया यथाशिघ्र अगाडि बढाउन शैक्षिक प्रशासन महाशाखाले निर्देशन दिएको छ ।

अन्यथा विद्यालय व्यवस्थापन समिति नभएका कारणबाट विद्याालयको निकासा हुन रोकिएमा वा विद्यालयको कामकारवाही प्रभावितत भएमा त्यसको जिम्मेवार सम्बन्धित विद्यालय नै हुने चेतावननीसमेत महानगरपालिकाले दिएको छ ।

Related posts

वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा आर्थिक समस्या, सरकारले गरेन सहयोग

MadhesKhabar

ठोरीको खोलामा डोजरले खनेको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु

MadhesKhabar

वीरगन्जको एपेक्स म्यानेजमेन्ट कलेजमा बि.बि.ए.को शुल्क ४ लाख ५० हजार

MadhesKhabar

Leave a Comment