Madhes Khabar
स्थानिय

पर्साको मसिहानीमा कालोपत्रे सडक निर्माण सुरु, पूर्वमन्त्री रिजालले गरे शिलान्यास

वीरगन्ज,१७बैशाखःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा रहेको कच्ची बाटोलाई अब स्तरोन्नत्ती गर्दै कालोेपत्रे गर्ने कार्य सुरु गरिएको छ । संघीय सरकारका पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बुधबार मसिहानीको बोकाहवादेखि जगरनाथपुर गाँउ हुदैं पिपडाढीसम्मको सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै सुभारम्भ गरेका हुन् ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित ३ करोड ६८ लाख रुपैयाँको लागतमा साढे दुई किलोमिटर सडकको कालोपत्रे गर्न लागिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए । वीरगन्जको सन्तोष कन्ट्रक्सनले ठेक्का सकारेको उक्त सडक कालोपत्रे निर्माणको काम आगामी असार मसान्तभित्र सक्ने सम्झौतामा उल्लेख छ ।

गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव,कांग्रेस महासमिति सदस्य पन्चानन्द मिश्र, क्षेत्रीय सचिव बलिष्टर अहमद, अजय कलवार लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

कलैया-पिलुवा सडकखण्डमा टिपरकाे ठक्करबाट एक युवकको मृत्युु

MadhesKhabar

वीरगन्ज महानगरकाे फाेहाेर व्यवस्थापन र वृक्षाराेपण संयाेजनकाे जिम्मा खेतानलाई

MadhesKhabar

भंगेरा बचाउ अभियानमा वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment