Madhes Khabar
स्थानिय

कलैया-पिलुवा सडकखण्डमा टिपरकाे ठक्करबाट एक युवकको मृत्युु

बारा,१२ असार: बाराकाे कलैया-पिलुवा सडकखण्डमा बडहर्वाको मोतिचोक नजिकै मंगलबार साँझ टिपरको ठक्करबाट एकजना पैदलयात्रीकाे मृत्यु भएको छ ।

मृत्युु हुनेमा बाराक‌ै सुवर्ण गाउँपालिका वडा नंबर ३ हर्दिया निवासी २० बर्षिय राजाबाबु चमार रहेकाे प्रहरीले जनाएको छ ।कलैयाबाट पिलुवा तर्फ आँउदै गरेको ना ७ ख ५४६६ नंबरको टिपरले ठक्कर दिदाँ चमारकाे घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएको टिपर र त्यसका चालक पर्साकाे पटेर्वा सुगौली गाँउपालिका वडा नंवर २ निवासी ४५ बर्षीय वीरबहादुर गुरुङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

Related posts

वीरगन्जका नाम चलेकै होटल र ब्रियानी हाउसका किचेन फोहोर र अव्यस्थित

MadhesKhabar

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

नेपाली नम्बर प्लेटका गाडीलाई रक्साैल प्रवेशमा लगाइएकाे राेक फुकुवा

MadhesKhabar

Leave a Comment