बारा,१७बैशाखःबाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा बुधबार शिव मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ ।मधेस प्रदेशका पूर्वमन्त्री तथा लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मन्दिरको शिलान्यास गरेका हुन् ।
पूर्वमन्त्री सोनलकै पलहमा मधेस प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँको लागतमा इटियाहीमा शिव मन्दिरको निर्माण गर्न थालिएको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा बिश्रारामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुटो (जुबेर भाइ) लोसपा नेता अजय गुप्ता, वडाअध्यक्ष अमिरीलाल साह, पूर्व वडाअध्यक्ष भोला साह सोनार, उमेश पंडित , आत्माराम गुप्ता , सुरेन्द्र साह , गोपीचन्द साह , बिजय पडित , दिपेन्द्र सरार्फ , हरेराम दुबेदी , राजेश तिवारी लगायतकाको स्थानीयको उपस्थिति रहेको थियो ।

