Madhes Khabar
धर्म/संस्कृति

बाराको इटियाहीमा पूर्वमन्त्री सोनलले गरे शिव मन्दिरको शिलान्यास

बारा,१७बैशाखःबाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा बुधबार शिव मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ ।मधेस प्रदेशका पूर्वमन्त्री तथा लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मन्दिरको शिलान्यास गरेका हुन् ।

पूर्वमन्त्री सोनलकै पलहमा मधेस प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँको लागतमा इटियाहीमा शिव मन्दिरको निर्माण गर्न थालिएको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बिश्रारामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुटो (जुबेर भाइ) लोसपा नेता अजय गुप्ता, वडाअध्यक्ष अमिरीलाल साह, पूर्व वडाअध्यक्ष भोला साह सोनार, उमेश पंडित , आत्माराम गुप्ता , सुरेन्द्र साह , गोपीचन्द साह , बिजय पडित , दिपेन्द्र सरार्फ , हरेराम दुबेदी , राजेश तिवारी लगायतकाको स्थानीयको उपस्थिति रहेको थियो ।

Related posts

छठ पर्व मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण 

MadhesKhabar

पर्साको भाथाधामका लागि आएको ५० लाख रकम काम नै सुरु नहुदाँ फ्रिज हुने सम्भावना

MadhesKhabar

छठ पर्बको पौराणिक कथा

MadhesKhabar

Leave a Comment