
प्रमोद यादव
वीरगन्ज,१५बैशाखःपर्साको ग्रामीण भेगमा रहेको एक इट्टा भठ्ठा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वाका रुस्तम मियाँकी छोरी ५ वर्षीया नेहा खातुन र त्यही गाँउका मुख्तार मियाँकी छोरी ४ वर्षीया आसिया खातुन रहेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ का सन्तोष साहले बहुअर्वामा सञ्चालन गरेको हिरा ईटा भठ्ठाको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुबै बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
सोमबार दिउँसो दुबै बालिका इट्रटा भठ्ठाको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका बेला डुबेर अचेत भएका थिए । स्थानीयले तत्कालै उद्धार गरेर उनिहरुलाई वीरगन्जको नारायणी अस्पतालमा पुर्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

