Madhes Khabar
समाचार

परवानीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगन्ज,९बैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा परवानीपुरकै प्रदीप गुप्ता रहेका छन् ।

मंगलबार दिउँसो परवानीपुरमा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलका चालक गुप्ताको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकले मधेस प्रदेश ०३–००१ त ००५१ नम्बरको ट्याक्टरलाईपनि ठक्कर दिएको थियो ।

 

Related posts

रुकुममा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु , १० घाइते

MadhesKhabar

कालिकामाईको मुडली र बिरन्चीबार्वामा कांग्रेस उम्मेदवार रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

वीरगन्जको कुम्हाल टोलको एक घरमा सशस्त्र प्रहरीको छापा, ८ लाखको कपडा बरामद

MadhesKhabar

Leave a Comment