वीरगंज २,फागुन:पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत कालिकामाई गाउँपालिकाको टोल मुडली र बिरन्चीबार्वा मा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रमेश रिजाल ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग भेटघाट गर्दै आगामी दिनमा क्षेत्र नम्बर–४ को विकास अझै तीव्र बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेसलाई विकासको सम्वाहकका रूपमा विश्वास गर्न आग्रह गरे।
रिजालले स्थानीयवासीसँग मत माग्दै लोकतान्त्रिक मूल्य र स्थायित्वका लागि कांग्रेसलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
घरदैलो अभियानलाई निरन्तरता दिँदै रिजालले आगामी दिनमा पनि विभिन्न गाउँ–टोलमा मतदाता भेटघाट गर्ने जनाएका छन्।


