Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य १ लाख ९० हजार नाघ्यो

वीरगन्ज,४बैशाखःनेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । त्यसैको प्रभाव नेपाली बजारमा परिरहेको छ ।

Related posts

वीरगन्ज महानगरपालिका : गत आर्थिक वर्षमा ४५ प्रतिशत बढि राजश्व संकलन

MadhesKhabar

सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढ्योे

MadhesKhabar

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

MadhesKhabar

Leave a Comment