Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य १ लाख ९० हजार नाघ्यो

वीरगन्ज,४बैशाखःनेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । त्यसैको प्रभाव नेपाली बजारमा परिरहेको छ ।

Related posts

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

MadhesKhabar

सुनको मूल्य तोलाको २ लाख नजिक

MadhesKhabar

सुनकाे मूल्यमा नयाँ कीर्तिमान,ताेलाकाे १ लाख ५९ हजार २००

MadhesKhabar

Leave a Comment