Madhes Khabar
अर्थतन्‍त्र

बैंकको चर्को ब्याजबाट पिडितहरुले वीरगन्जमा गरे प्रदर्शन

मधेसखबर
वीरगन्ज,२८चैत : बैंक तथा लघुवित्त संस्थाको चर्को ब्याजदरबाट पिडित वीरगन्जका व्यपारीहरुले मंगलबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

दुर्गा प्रसाईले थालेको राष्ट्र, राष्ट्रियता , धर्म , संस्कृति र मानव बचाउ महानअभियानका पर्सा जिल्ला संयोजक नरेश कुमार साहको अगुवाईमा मंगलबार साँझ घण्टाघर चोकमा व्यपारीहरुको एक समुहले प्ले कार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले चर्को ब्याजदर खारेज गर, व्यपारीहरुको कर्जा मिनाहा गर , इज्जत लिने अधिकार बैंकलाई कसले दियो ? , मानसिक यातना दिने काम बन्द गर , नेपालमै मर्छु गरि खान देउ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्दै उनिहरुले घण्टघार चोक स्थित सडकमा साँझ साढे ५ बजेदेखि एक घण्टा धर्नापनि दिएका थिए ।

बैंक तथा लघुवित्त संस्थाको विरुद्ध थालिएको यो आन्दोलन निरन्तर जारी रहने दुर्गा प्रसाइको महाअभियानका पर्सा संयोजक साहले बताए । उनले भने,‘ जबसम्म हाम्रो महाभियानका मागहरु पुरा हुदैन तब सम्म हामी दैनिक यसरी नै प्रदर्शनमा उत्रिन्छौ ।

आफुहरुको यो आन्दोलन आफनालागि मात्र नभइ चर्को ब्याजदरमा डुबेका हरेक उद्योगी , व्यपारी र नागरिकको लागि पनि भएको मंगलबारको प्रदर्शनमा सिए अजय चौरसियाले बताए ।

 

 

 

Related posts

इन्धनको मूल्य घट्याे

MadhesKhabar

सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम, ताेलाकाे १ लाख १६ हजार

MadhesKhabar

सुनकाे मूल्य फेरि बढ्याे

MadhesKhabar

Leave a Comment