वीरगन्ज,३बैशाख:खानेपानी मन्त्रि प्रदिप यादवले वीरगन्जमा शान्ति, सदभाव र मेलमिलाप कायम राख्न वीरगन्जबासीसंग अपिल गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पाेष्ट गर्दै मन्त्री यादवले वीरगन्ज सबैको साझा फुलबारी रहेको तथा वीरगन्जमा शान्ति, सद्भाव र मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी रहेको बताएका छन् ।
गत चैत्र ३० गते हनुमान जन्माेत्सवको शोभायात्रामा दुई समुदायविचको विवाद तथा झडपको कारण वीरगन्जज विगत पाँच दिनदेखी तनावपुर्ण अवस्थामा छ ।यसैक्रममा दुई समुदायविच जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार झडपका क्रममा उछृंखल गतिविधीमा संलग्नलाई प्रहरीले समात्न थालेपछि हाल वीरगन्जमा फेरी अवस्था तनावग्रस्त रहेको छ ।
विगत पाँच दिनदेखी वीरगन्जमा दुई समुदायबिचको विवादका कारण अवस्था विग्रीदै गएपनि पर्साका नेता तथा मन्त्रिहरुले केही नगरेको भन्दै आलोचना भईरहेको बेला ऐतिहासिक क्रान्तिको शहर वीरगन्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व ,जात्रा र सामाजिक सांस्कृतिक सामंजस्यले पनि हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक – सांस्कृतिक आस्थाको स्वतंत्रता दिएको तथा वीरगंज क्षेत्रमा एक अर्का समुदायको पर्व,जात्रा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परंपरा रहि आएको अवस्थामा वीरगन्जका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारी लाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको स्मरण गराउँदै मन्त्री यादवले भनेका छन् ,“हाल केही दिनदेखि वीरगंजमा शान्ति सद्भावमा खलल पु–याऊने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोड़फोड़ गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनु पर्छ । आफ्नो प्यारो शहरमा तनाव टुसाएको समय देखि नै म व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको सम्पर्कमा निरंतर छु। त्यसैगरि विभिन्न समुदायका अगुवाहरू संग समन्वय र सल्लाह गरि शांति स्थापित गर्ने प्रयासमा छु। ”
“वीरगन्ज क्षेत्रका सबै नागरिकहरूसंग सामाजिक सद्भाव र शांति कायम राख्न विनम्र अपील गर्दछु। स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानूनी कार्रवाई अगाड़ी बढाउनु पर्छ। शान्ति र सद्भावका लागि गरिने प्रयत्न, हो हल्ला र प्रचारबाजी भन्दा नेपथ्यबाट गंभीर प्रयास गरिनु पर्छ भन्ने मेरो मान्यता हो। म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगंज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ। ”
त्यस्तै बुधबार बिहानै मधेस प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिँहले पनि पर्साको वीरगन्जमा हाल भईरहेको गतिविधीबारे चिन्ता व्यक्त गर्दै सद्भाव विगार्न खोज्ने जोकाोही दोषिलाई पनि कानुनी दायरामा ल्याउने तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई निदेर्शन दिँदै सर्वसधारणलाई भने संयमता अपनाउन आग्रह समेत गरेका छन् ।
बुधबार बिहानदेखी भने फेरी पनि वीरगन्ज लगायत अन्यस्थानमा समेत हिन्दुवादी प्रदर्शकारीहरुले पक्राउ परेका युवाहरुको रिहाईको माग गर्दै टायर बालेका छन् ।

