Madhes Khabar
समाचार

तीनकुनेमा मारिएका सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर

काठमाडौं,२६चैत:चैत १५ गते काठमाडौंकाे तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।

भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग दिने घोषणा गरेको थियो । अध्यक्ष गुरुङले मंगलबार र दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।त्यस क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए ।

राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

Related posts

वीरगन्ज-कलैया सडकखण्डमा सिटीराइड बसकाे ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते

MadhesKhabar

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा वीरगन्जका मेयर सिंह नियुक्त

MadhesKhabar

मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा बाराका उपाध्याय नियुक्त

MadhesKhabar

Leave a Comment