Madhes Khabar
समाचार

दीर्घकालीन खानेपानी योजनाहरुको विकास र कार्यान्वयनमा ठोस पाईला चालिने : मन्त्री यादव

काठमाडौं,२२ चैत : खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेस लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्न एकीकृत र दीगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने बताएका छन् ।

तराई–मधेस लगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दीगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन ठोस पाइला चालिने बताए ।

उनले भने, “मधेसमा चापाकल सुक्दै गएको अवस्था छ । गर्मी मौसमा पानीको हाहाकार हुने गरेको छ । आज नेपाल सरकारका दुई महत्वपूर्ण मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरि औपचारिक रूपमा आदान–प्रदान गरिएको छ । अब पानीको समस्या समाधान हुने छ ।”

उनले आजको यो विशेष दिन, तराई–मधेस लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्नका निम्ति नेपाल सरकारका दुई महत्वपूर्ण मन्त्रालयहरू खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरि औपचारिक रूपमा आदान–प्रदान गरिएको कुरा आफैमा निकै खुशीको विषय भएको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज गरिएको समझदारी पत्र हस्ताक्षरले खानेपानीको समस्या समाधानका लागि एक विशेष महत्व राख्ने तथा सिँचाई, बिद्युत उत्पादनमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

समझदारी पत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठ तथा जलस्रोत तथा सिँचाई विभागका तर्फबाट महानिर्देशक संजीव बरालले पनि हस्ताक्षर गरेका हुन् ।

Related posts

हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई युवकको मृत्यु

MadhesKhabar

भ्रम र अफवाहबाट बच्न एमाले नेता यादवको आग्रह, बेल्वामा कार्यकर्ता भेला

MadhesKhabar

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

Leave a Comment