Madhes Khabar
राजनीति

राजसंस्था र हिन्दुराष्ट्रका लागि राप्रपाद्वारा आन्दोलन घोषणा

काठमाडौं,१२चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ। मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिकाे बैठकले पार्टी पूर्वरूपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकले चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शन गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए। बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा शान्तिपूर्ण रूपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङ्देनले जानकारी दिए।

त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए। त्यस्तै बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयप्रति विरोध प्रकट गर्ने निर्णय गरेको छ।अन्नपूर्णपाेष्ट

Related posts

पर्सा–३ मा कांग्रेसका चौधरीलाई जिताउने पकहाँ मैनपुरका जनप्रतिनिधिहरुको सामुहिक प्रतिबद्धता

MadhesKhabar

मधेसी शहिदहरुकाे स्मरण गर्दै माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने जसपा नेपालको निर्णय

MadhesKhabar

रवि लामिछानेमाथि ‘अमानवीय व्यवहार’ भएका बारे छानविन सुरु

MadhesKhabar

Leave a Comment