Madhes Khabar
राजनीति

रवि लामिछानेमाथि ‘अमानवीय व्यवहार’ भएका बारे छानविन सुरु

काठमाडौं,२४मंसिरःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाण्डौ बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाएका थिए ।

आयोगको कार्यालयमा पुगेर दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिए ।मानव अधिकार आयोगले सोमबार प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थालेको र आवश्यक परेमा फेरि महानिरीक्षक कुवँरण्लाई नै बोलाउने बताएको छ । जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताए।

Related posts

ठाकुरराम क्याम्पसको स्ववियुका लागि ३५ संगठन/समुह चुनावी प्रतिस्पर्धामा

MadhesKhabar

पर्सामा विभिन्न दल त्यागेर ६०० कार्यकर्ता जनमत पार्टीमा प्रवेश,मुख्यमन्त्री सिंहले गरे स्वागत

MadhesKhabar

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात हाे : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment