Madhes Khabar
राजनीति

कांग्रेसको लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

काठमाडौंं,११चैतःनेपाली कांग्रेसनिकट लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा लोकतान्त्रिक अपांग महासंघको अधिवेशन अन्तर्गत मतदान भएपनि मतगणनामा ढिलाइ भएको थियो।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि मतगणना गरिएकोमा चम्लागाईं ३५१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्। गत शुक्रबार भएको मतदानमा कूल महाधिवेशनमा ४७० मत खसेको थियो।

अध्यक्षमा निर्वाचित भएका चम्लागाईं कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीनिकट हुन्।

Related posts

मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहिद घाेषणा गरिएन : महन्थ ठाकुर

MadhesKhabar

मुख्यमन्त्री राउतको राजीनामा बारे उपेन्द्र यादवले बोली फेरे

MadhesKhabar

वीरगञ्ज–२१ मा प्रदीप यादवको घरदैलो :विकास र स्थिरताका लागि एमालेलाई मत दिन आग्रह

MadhesKhabar

Leave a Comment