Madhes Khabar
राजनीति

मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहिद घाेषणा गरिएन : महन्थ ठाकुर

फाइल फाेटाे

काठमाडौं ,९भदाैं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका क्रममा मारिएका नेता, कार्यकर्तालाई अझै शहीद घोषणा नगरेकामा असन्तुष्टि जनाएका छन् ।

लाेसपा स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंकाे बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै ठाकुरले मधेस आन्दोलनका क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने सम्झौता पनि सरकारले कार्यान्वयन नगरेको बताए ।

‘हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरुलाई छाड्ने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए, तिनीहरुलाई शहीदसम्म घोषणा गरिएको छैन’, अध्यक्ष ठाकुरले भने ।

सरकारले शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका राजनीतिक दल तथा समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी कानुन संशोधन गर्न लागेको सुने पनि संसदबाट पारित नभएको ठाकुरले बताए ।

Related posts

राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ : अध्यक्ष यादव

MadhesKhabar

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

MadhesKhabar

सरकारको जाँचबुझ आयोगले गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीसंग लियो ‘बयान’

MadhesKhabar

Leave a Comment