Madhes Khabar
राजनीति

मुख्यमन्त्री राउतको राजीनामा बारे उपेन्द्र यादवले बोली फेरे

मधेसखबर
वीरगन्ज ,०७ भदौ : जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको दाबी गरेका छन् । साथै अध्यक्ष यादवले राउतलाई हटाउने योजना नभएको पनि बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)का अनुसार मङगलबार बिहान जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन , मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन ।’

तर उपेन्द्र यादवले सोमबार भने केही सन्चारकर्मीसँग आफूले मुख्यमन्त्रीलाई हटाउन निर्देशन दिएको बताएका थिए । मुख्यमन्त्री राउत निकट स्रोतले त्यसलाई पुष्टि गरेको थियो ।मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको अनियमितता सार्वजनिक भएपछि यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

Related posts

हालसम्म ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, पहिलो स्थानमा अनेरास्ववियु,दोस्रो स्थानमा नेविसंघ

MadhesKhabar

लोसपा छाडेका राजेन्द्र महतोले खोले नयाँ पार्टी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’

MadhesKhabar

रौतहटमै पुगेर केपी ओलीले भने- माधव नेपाल अब कहिल्यै चुनाव जित्दैनन्

MadhesKhabar

Leave a Comment