Madhes Khabar
समाचार

खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन

काठमाडौं,१०चैत:खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरूलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको मन्त्री यादवको भनाइ थियो ।

‘मैले तपाईहरुको हकहितका लागि कर्मचारी सेवा शर्त विनियमावली २०८१ लागू गरेका छु । र यसलाई तपाईंहरूले कार्यान्यवन गरेर अगाडि बढ्नुस् । नेपाल सरकारको नियम कानून ऐनबारे हामीहरू अवगत नै छौँ,’ मन्त्री यादवले भने, ‘करारको हकमा के भनेको छ ? स्थानीयको हकमा के बोलेको छ ? करारको हकमा के बोलेको छ तपाईंलाई अवगत नै छ ।’

विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताउँदै उनले कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गरे ।

नियम कानूनअनुसार कर्मचारीहरूको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको मन्त्री यादवको भनाइ छ ।

Related posts

पर्सामा अटोरिक्साको ठक्करबाट एक सशस्त्र प्रहरी घाइते

MadhesKhabar

पत्रकारिताका नाममा अभद्र हर्कत गर्नेहरुलाई कारबाही गर्ने पत्रकार महासंघ पर्साको चेतावनी

MadhesKhabar

एमाले–जसपा तालमेलमा अलमल छैन, डा. मधुलाई जिताउन आग्रह गर्दछु : राजकुमार गुप्ता

MadhesKhabar

Leave a Comment