Madhes Khabar
राजनीति

ठाकुरराम क्याम्पस प्रमुखको राजिनामा र पुन स्ववियु निर्वाचन गराउन १० विद्यार्थी संगठनको माग

वीरगन्ज,८चैतःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विरोध गरेर स्ववियुको निर्वाचन मत गणना स्थगित गराएका विभिन्न १० विद्यार्थी संगठनले पुन निर्वाचन गराउन माग गरेका छन् । उनिहरुले अहिलेका क्याम्पस प्रमुख र प्रमुख निर्वाचन अधिकृतको राजिनामा पनि मागेका छन् ।

अनेरास्ववियु,जय नेपाल विद्यार्थी संघ,समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल , सुधिर पटेल समुह,अखिल क्रान्तिकारी,दिलिपराज महतो स्वतन्त्र युनियन,नेपाल विद्यार्थी कल्याण समुह र राष्ट्रिय विद्यार्थी संघले शुक्रबार दिउँसो एक संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसमा पुन स्ववियु निर्वाचन गराउन माग गरेका हुन् ।

यसअघि गत मंगलबार भएको मतदानमा व्यापक धाँधली, फर्जि मतदाताको प्रयोग र निर्वाचन प्रकृया अनियमितता भएको आरोप लगाउँदै उनिहरुले नयाँ प्रकृया सुरु गरेर पुन निर्वाचन गराउन माग गरेका हुन् । साथै अहिलेका क्याम्पस प्रमुख रणजीत यादव र प्रमुख निर्वाचन अधिकृतले राजिनामा दिनु पर्ने माग पनि उनिहरुको छ ।आँफुहरुको मागलाई बवास्ता गरिएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उनिहरुले दिएका छन् ।

 

Related posts

रास्वपा उम्मेदवार सुशीलले भने : पर्सा–२ का जनता आफ्नो सांसद युवालाई बनेको देख्न आतुर छन्

MadhesKhabar

पर्सा–२ मा पूर्वसांसद अमरेस सिंहको आगमन हुदाँ कांग्रेस–कम्युनिष्टका ५०० बढी युवा रास्वपमा प्रवेश

MadhesKhabar

पर्सा–१ मा यसपालि १० हजार बढी भोटले जित्ने एमाले उम्मेदवार प्रदीप यादवको ठोकुवा

MadhesKhabar

Leave a Comment