Madhes Khabar
समाज

वीरगन्जमा हिलिङ टच स्पा एण्ड सलोनको कार्यक्रममा ५४ जनाले गरे रक्तदान

वीरगन्ज,२६फागुनःवीरगन्जमा सोमबार हिलिङ टच स्पा एण्ड सलोनले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित को रक्तदान कार्यक्रममा ३ महिलासहित ५४ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा सुभाष पटेल,राजकुमार पासवान,प्रेमनारायण नारायण राई,बेचन महतो,राकेश कुमार जयसवाल,विनीत अग्रवाल,सुरेश कुमार गोयल,दिपेन्द्र कुमार ,अमन अग्रवाल लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

संस्थाका सञ्चालक रोशन गुप्ताको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपीक्षक राधेश्याम धिमाल,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,उपाध्यक्ष माधव राजपाल,डा.निरज सिंह,डा.रमेश अग्रवाल लगायतकाकोपनि सहभागिता रहेको थियोे।

Related posts

वीरगन्ज १० मा आयोजित कार्यक्रममा ८२ जनाद्धारा रगत दान

MadhesKhabar

वीरगन्जको रामगढवामा पुर्वमन्त्री चौरिसयाले उद्घाटन गरेको कार्यक्रममा ८१ जनाले गरे रक्तदान

MadhesKhabar

मधेसको राजमार्गमा सार्वजनिक शौचालय नहुदाँ बसमा यात्रा गर्ने महिलाहरुलाई सास्ती

MadhesKhabar

Leave a Comment