Madhes Khabar
खेलकुद

न्युजिल्यान्डलाई हराउँदै भारतले १२ बर्षपछि फेरि जित्याे च्याम्पियन्स ट्रफी

वीरगन्ज,२५फागुन:आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ।भारतले १२ बर्षपछि उक्त ट्रफी फेरि जितेको हाे।

दुबईमा आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी उचालेकाे हाे।न्युजिल्यान्डले दिएको २५२ रनकाे लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे ।भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ७६ रन बनाए।श्रेयस ऐयरले ४८ र केएल राहुलले अविजित ३४ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएकाे थियो ।

उसका लागि डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २-२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १-१ विकेट लिएका थिए ।

भारतक लागि यो च्याम्पियन्स ट्रफीको तेस्रो उपाधि हो । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा सन् २०१३ मा इंग्ल्यान्डलाई हराएर उपाधि  जितेको थियो ।

Related posts

टी–२० विश्वकप :नेपाल इटालीसंग १० विकेटले पराजित

MadhesKhabar

भारतले नेपाललाई दियाे २०३ रनकाे चुनाैती

MadhesKhabar

वीरगन्जका आरिफ शेखको फर्म: नेपालले खेलेका ५ ओडीआईमा तेस्रोपटक ‘प्लेयर अफ द म्याच’

MadhesKhabar

Leave a Comment