Madhes Khabar
खेलकुद

टी–२० विश्वकप :नेपाल इटालीसंग १० विकेटले पराजित

काठमाडौं,२९माघः आइसीसी टी–२० विश्वकप २०२६ को दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। बिहीबार मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो।

 

नेपालले दिएको १२४ को सामान्य लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा बीना कुनै विकेटको क्षति लक्ष्य पूरा ग¥यो। पहिलो पटक विश्वकप खेलिरहेको इटालीको लागि यो ऐतिहासिक पहिलो जित हो। यो नेपालको भने यो लगातार दोस्रो हार हो। यो हारसँगै नेपालले सुपर ८ सम्भावनामा ठूलो धक्का लागेको छ।

 

इटालीका दुई ओपनरले नेपालको हातबाट खेल पर लगे। लागि ओपनरद्वय जस्टिन मोस्का र एन्थोनी मोस्का दुवैले अर्धशतकीय पारी खेले। जस्टिन ६० र एन्थोनी ६२ रनमा अविजित रहे। नेपालले ६ जना बलरको प्रयोग गरे पनि एउटा पनि विकेट निकाल्न सकेन।

 

पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। ओपनर आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडलले २३, दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए। त्यसपछि आएका ३ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१५.३ ओभरमा ५ विकेटको क्षतीमा १०० रन पूरा गरेको नेपालले त्यसपछि २ रन जोड्न ३ विकेट गुमायो। नवौं विकेटको रुपमा सन्दीप लामीछाने ५ रनमा क्याच आउट भए। ललित राजवंशी अन्तिम विकेटको रुपमा रनआउट भए। करण केसी १८ रनमा अविजित रहे। इटालीका लागि बलिङ तर्फ कृसन कालुगामागेले ३ विकेट लिए। वेन मानेटीले २ विकेट लिँदा अलि हसन, जे जे स्मुटुस र जसप्रित सिंहले १–१ विकेट लिए।

Related posts

वान डे क्रिकेटबाट सन्यास लिने वार्नरकाे घाेषणा

MadhesKhabar

वीरगन्ज–१० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

मधेस प्रदेशकै सबैभन्दा बढी नगद राशीकाे वीरगन्ज गाेल्डकपमा नेपाल र भारतका ८ टिमले भाग लिने

MadhesKhabar

Leave a Comment