Madhes Khabar
खेलकुद

वीरगन्ज–१० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,१२माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि तेस्रोे वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।

ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले खेलकुदमा युवाहरुलाई आकर्षित गर्न वीरगन्ज–१० को वडा समिति ले आयोजना गरेको प्रतियोगिताको सफलताको शुभकामना दिए ।उनले खेलकुद प्रतियोगिताले युवाहरुलाई गलत बाटोमा लाग्नबाट जोगाउनुका साथै देशकै लागि राम्रा खेलाडीहरुपनि उत्पदानमा मदत पुरयाउने बताए ।

खेलकुदको क्षेत्रको विकासका लागि महानगरले थुप्रै काम गरिरहेको भन्दै उनले वडा वडामै यस्ता प्रतियोगिता आयोजना हुनुपर्नेमा जोड दिए । त्यसका लागि महानगरपालिका हरेक किसिमले साथ दिने उनले बताए ।

वडाध्यक्ष सुशील साह कानुले खेलकुदले युवाहरुको भविष्य बिग्रने नदिने र अनुशासितपनि बनाउने बताए ।कानुले वडामा खेलकुद गतिविधी बढाउन र बढी भन्दा बढी युवालाई खेलकुदमा सक्रिय गराउन क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताए ।

प्रतियोगिताको उदघाटन समारोहमा प्रदर्शन गरिएको मार्च पासमा लिटिल एन्जल्स मावि प्रथम, होलील्यान्ड सेकेण्डरी स्कुल द्धितीय र माउण्ट मकालु तृतीय भएका थिए ।मार्च पासमा ९ वटा विद्यालयले भाग लिएका थिए।

शनिबारदेखि सुरु प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ ।

वडाध्यक्ष कानुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योगपति अशोक बैद्य र शीवजी साह कलवार, ठाकुरराम क्याम्पसका प्रमुख रंजित यादव, ,वडा सदस्यहरु सन्तोष जैशी, प्रभु महतो,प्रेमशीला देवी,नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाका सभापति सन्तोष गुप्ता ,जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव राजिव सर्राफ,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरशंकर गुप्ता,घडिअर्वा छठपूजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साहकानु,घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु , ,शिक्षक विनोद गिरी ,प्लाब्सनका अध्यक्ष राहुल श्रीवास्यतव,पत्रकार शविशंकर साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

टी-२० विश्वकपमा पाकिस्तानलाई हराएर अमेरिकाले रच्याे इतिहास

MadhesKhabar

एम.एस. धोनी फ्यान क्लब च्यारिटी क्रिकेटको फाइनलमा

MadhesKhabar

जनकपुर मेयरकप टि–२० क्रिकेटमा सप्तरीमाथि पर्साको सहज जीत

MadhesKhabar

Leave a Comment