वीरगन्ज,२०फागुनःपर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर १ का जसपा नेपालका वडा ईकाइ समितिका अध्यक्षसहितका नेताहरु जसपामा प्रवेश गरेका छन् ।
मंगलबार गर्दौलमा आयोजित कार्यक्रममा जसपा नेपालका वडा ईकाइ समितिका अध्यक्ष धनवीर साह तेलीको नेतृत्वमा ईकाइ समिति सदस्यहरु सुशील साह, मोहन साह, रामचन्द्र साह, रामजी यादव, नथु मुखिया, शिव बालक साह लगायतका नेताहरुलाई जसपामा प्रवेश गरेका हुन् ।
जसपाका गाउँपालिका अध्यक्ष रमेश साह तेलीको अध्यक्षता तथा केन्द्रीय सदस्य मोहन चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रिय परिषद सदस्य एंव भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद,समाजवादी किशान महासघका केन्द्रिय सदस्य विजय यादव, युवा नेता युवराज साह लगायतकोपनि उपस्थिती रहेको थियो ।

