वीरगन्ज,२१पुसःलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरुसंग संवाद,सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गठन गरेको छ ।
लोसपाका केन्द्रिइ अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको उल्लेख छ ।
समितिको सदस्यहरुमा अर्र्का बरिष्ठ उपाध्यक्ष उमाकान्त झा,उपाध्यक्ष रामप्रकाश चौधरी,महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्म शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरुसंग संवाद,सहकार्य, कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकिकरण सम्मको सम्भावनाको खोजी तथा परिणममुखी बनाउनका लागि समिति गठन गरिएको जनाएको छ ।

