Madhes Khabar
राजनीति

बाराकाे फेटामा कांग्रेस लगायतका दलका २०० सय बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

वीरगन्ज,१९फागुन:बाराकाे फेटामा साेमबार आयाेजित कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले लगायतका दलका २ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टीले आयाेजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत,मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह लगायतले पार्टीमा स्वागत गरे।

 

उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै जनमत पार्टीका अध्यक्ष राउतले कांग्रेस र एमालेले देशमा दुई पार्टीबाहेक अन्य पार्टी नहोस् भन्ने चाहिरहेको बताए।उनले कांग्रेस र एमाले मिलेर देशमा दुई पार्टीबाहेक अरु पार्टी नहोस् भनेर जानी जानी त्यस्तो नियम कानुन बनाउन चाहिरहेको आरोप लगाए। उनले भने, ‘दुई पार्टी राख्ने षडयन्त्र भइरहेकोले हामी सचेत रहनुपर्छ, हामीलाई बहुदलीय लोकतान्त्रिक ब्यवस्था चाहिन्छ, दुई दलवाला होइन।

देशमा सय वर्षमा बन्न नसकेको सडक संघीयता आएको सात बर्षमै निर्माण भएको जिकिर पनि उनले गरे।संघीयताकै कारण अहिले गाउँ गाउँमा सडक ढलान भइरहेको उनले बताए। मधेसमा दलित, मुस्लिम, मुसहरसित भूमि नभएको बताउँदै उनले पहाडबाट लाखौं मानिसलाई ल्याएर भूमि बाँड्ने र ३५ लाख मानिसलाई लालपुर्जा दिने पनि षड्यन्त्र भइरहेको बताए। देशमा काम गर्नको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,रास्ट्रपति हुनुपर्नेमा राउतले जोड दिए।

कार्यक्रमलाई मधेसका मुख्यमन्त्री सिंहका साथै जनमत पार्टीका अन्य नेताहरुलेपनि सम्बाेधन गरेका थिए।

Related posts

रवि लामिछानेमाथि ‘अमानवीय व्यवहार’ भएका बारे छानविन सुरु

MadhesKhabar

पूर्वमन्त्री प्रभु साह भन्छन् : जनयुद्धका कारण माओवादी नेता मालामाल भए तर जनता कंगाल बने

MadhesKhabar

मधेसका मसिहा भन्ने उपेन्द्र यादव ठग हुन् : केपी ओली

MadhesKhabar

Leave a Comment