Madhes Khabar
खेलकुद

च्याम्पियन्स ट्रफीमा आज भारत र न्युजिल्याण्ड भिड्दै

वीरगन्ज,१८फागुनःआईसीसी च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा आज(आइतबार) भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुईबीचको खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अपरान्ह पौने ३ बजेदेखि सुरु हुनेछ । यी दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन ।आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ । त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ । न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ ।

न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ । भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ ।यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए ।

Related posts

आईपीएल क्रिकेटमा आज मुम्बई र राजस्थान खेल्दै

MadhesKhabar

वीरगन्जले जित्याे डुमरवाना गोल्डकप फुटबलको उपाधि

MadhesKhabar

गुलशन झाको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment