वीरगन्ज,११फागुन:वीरगन्जमा अनलाइन जुवा (सट्टाबाजी)खेलाउने गिराेहका नाइकेलाई प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा भारत बिहारकाे माेतिहारी जिल्लाकाे देवपुर घर भएका २३ बर्षिय रविशंकर ठाकुर रहेका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूर्लीमा एउटा घरमा काेठा भाडामा लिइ ल्यापटप र कम्प्युटर लगायतका विद्युती सामग्री राखेर अनलाइन जुवा (सट्टाबाजी) खेलाउँदै आएका ठाकुरलाई प्रहरीले शनिबार पक्राउ गरेकाे हाे।उनकाे काेठाबाट विभिन्न ब्रान्डका ल्यापटप ९ थान,राउटर २ थान,हेडफाेन ६ थान,ल्यापटप चार्जर ९ थान,किबाेर्ड ८ थान,पेन ड्राइभ २ थान,माेबाइल २ थान,डिभाइस १ थान,माउस ९ थानर क्यामेरा २ थान बरामद गरिएको प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।
पक्राउ गरिएका ठाकुरलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए।

